रुकुम, ७ मंसिर । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् ।
रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए। खाना खाएर सुत्नुभएका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ ।