इन्द्रेणी संवाददाता

दाङ, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता भएरै छोड्ने दावी गरेका छन् । आज दाङको घोराहीमा आयोजना गरिएको वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दुवै नेताले चुनावपछि पार्टी एकता भएरै छोड्ने बताउदै यसमा कसैले शंका नगर्न आग्रह गरे ।

kp oli - badal

हामी अहिले पनि पार्टी एकताकै तयारीमा छौं’, उनले भने, ‘यसमा कोही आतिनुपर्ने अवस्था छैन अब माओवादी र एमाले एउटै भयो भयो ।’ पार्टी एकताको तयारी हुदै गर्दा चुनाव आएकाले एकताको कामलाई पछि सारिएको समेत स्पष्ट पारे । उनले यहाँ कसैले राम्रोका काम गर्न थाल्यो भने त्यसको खुट्टा तान्ने र आतिने प्रबृति भएको उल्लेख गर्दै अब यो एतिहाँसिक चुवानबाट वामपन्थीहरुले दुई तिहाइ वहुमतको सरकार बनाउने र मुलुकमा स्थायी राजनीतिको माध्यमबाट संमृद्धितर्फ लैजाने बताए ।
वाम गठबन्धन एकताले काग्रेस आतिएको तर्फ संकेत गर्दै अध्यक्ष ओलीले अब आतिएर केही नहुने समेत बताए । वरु काग्रेस कार्यकर्तालाई उनले वामपन्थी सरकारले उनीहरुको काम गरिििदने बताए ।

दाङको विकास पनि वामपन्थी सरकारले गर्ने भन्दै वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक वहुमतले जिताउन अध्यक्ष ओलीले आग्रह गरे । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य जीवन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘वादल’, वाम गठबन्धनका तर्फबाट दाङका विभिन्न उम्मेदवारले सभालाई सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका निर्मल आचार्यले गरेका थिए ।