ganesh oli 960

गणेश ओली

यहि २०७४ साल मंसिर २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधी सभाको निर्वाचन घोषणासँगै दाङमा को को उम्मेद्वार होलान भन्ने वहस सुरु भयो । त्यसमा अग्रपंक्तिमा कृष्णबहादुर महराको नाम आयो । यो कुराले दाङवासी धेरै खुसी र उत्साही भए । दाङमा राजधानी बनाउने र यहाँको विकासका लागि राष्ट्रिय नेताको अभाव महशुस गरिरहेका वेला उहाँ दाङवाट चुनाव लड्ने कुराले जिल्लाका विकासप्रेमी, वुद्धिजीवी तथा माओवादी केन्द्रका त हुने नै भइहाले अन्य दलका धेरै नेता कार्यकर्ता पनि चोकचोकमा खुसी हुँदै महरा दाङ आउन जरुरी छ भनेर प्रचार र लविङ गर्न थाले । तर, काम गर्ने हैसियत नभए पनि दाङलाई आफ्नो विर्ता ठान्ने भित्र र वाहिरका केही झुन्डले उहाँको विरोध पनि गरे । तर, महरा दाङ आउनुपर्छ भन्ने ठूलो गर्जनका अगाडि यो सानो झुन्डको आवाज हावामा नै विलए हुन पुग्दथ्यो र भयो ।

mahara sir

दाङ र महराको सम्बन्ध 
महरा माओवादी राजनीतिमा साविक राप्ती अञ्चलकै सिनियर र अगुवा नेता हुनुहुन्छ । उहाँले २०४८ सालदेखि नै राप्तीका जिल्लाहरुमा अभिभावकत्व प्रदान गर्दै आउनु भयो । जनयुद्धको समयमा उहाँले दाङमा नै वसेर विशेष क्षेत्र (साविक राप्ती) सञ्चालन गर्नु भयो भने यहाँका नेता कार्यकर्ता उत्पादनदेखि दाङको राजनीतिमा उहाँको प्रत्यक्ष भूमिका रहँदै आयो । २०६४ को संविधानसभा निर्वाचनमा दाङको साविक ३ नं. निर्वाचन क्षेत्रवाट प्रत्यक्ष निर्वाचित भएपछि महराको दाङसँग जनप्रतिनिधीकै रुपमा राजनीति, विकास र समृद्धिको साइनो जोडियो । दोश्रो संविधान सभा निर्वाचनमा भने उहाँलाई पार्टीले रोल्पावाट निर्वाचन लडन पठायो तर उहाँले म दाङको पनि प्रतिनिधी हुँ भन्ने कहिले विर्सनु भएन । उहाँ सो समयमा दाङ आउने, यहाँका राजनीतिक दल, जनतासँग छलफल गर्ने, केन्द्रिय राजनीतिमा दाङको नाम र विकास गर्ने काम पनि गरिरहनुभयो । अहिले फेरी महरा दाङको २ नं. निर्वाचन क्षेत्र प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुनुभएको छ यसपछि दाङको राजनीति, विकास र समृद्धिमा कोशेढुंगा सावित हुने छ ।

kb-mahara

दाङको विकास र महरा 
दाङको विकास नगरिकन राप्तीका अन्य जिल्लाको विकास सम्भव छैन भन्दै महराले सुरुदेखि नै दाङको विकासमा प्रत्यक्ष भूमिका खेल्दै आउनुभयो । २०६४ को संविधानसभा निर्वाचनमा दाङको साविक ३ नं. निर्वाचन क्षेत्रवाट प्रत्यक्ष निर्वाचित भएपछि यहाँको विकासले धेरै फडको मा¥यो । सो समयमा उहाँ संविधान निर्माणमा सक्रियतापूर्वक लाग्नु पर्ने भएकाले जिल्लामा धेरै घुम्न आउन पाउनु भएन तर बजेट विनियोजन र विकास निर्माणमा उहाँले केन्द्रमा बसेर धेरै भूमिका खेल्नुभयो । पार्टी भित्रको अन्तरसंघर्षका कारण आफ्नै कार्यकर्तावाट उहाँले सो समयमा गरेका विकास निर्माणका काम प्रचार प्रसार हुन पाएनन् र विरोधीहरुले उहाँले गरेका कामहरु हामीले गरेको भनेर गलत प्रचार गरे ।

उहाँ सञ्चारमन्त्री हुँदा हेलो टावर दाङमा स्थापना, नेपाल दुर सञ्चारका टावर थप देखि इमेल इनटरनेटको विकास, पत्रकार महासंघ दाङको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनेदेखि जिल्ला अस्पताललाई राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरवृद्धि गर्ने काम गर्नुभयो । यसैगरी सडक, सिचाई, कृषि लगाएतका क्षेत्रमा ठूलो मात्रामा वजेट पार्न पहल गर्नुभयो ।

mahara - janata

दोश्रो संविधान सभा निर्वाचनमा उहाँलाई चुनाव लडन पार्टीले रोल्पा पठायो तर महराले जहिले पनि म दाङको पनि प्रतिनिधी हुँ भन्दै आउनुभयो र विकास निर्माणमा पनि उत्तिकै लाग्नुभयो । तर ५ वटै सिट जितेको काङग्रेसले महराले गरेका काम सवै आफै गरेको भनेर झुटो प्रचार ग¥यो । उहाँ उपप्रधान तथा अर्थमन्त्री भएपछि दाङका लागि मध्यपश्चिममा नै सवैभन्दा धेरै ३ अरव ९४ करोड बजेट थप विनियोजन गर्नुभयो । सो बजेट यतिधेरै थियो कि विरोधीहरुले झुटको खेति गर्न खोज्दा जनताले उल्टै गाउँगाउँमा लोप्पा खुवाउँदै छन ।

एमाले नेता शंकर पोख्रेल भन्नुहुन्छ– ‘आजका हाम्रा प्रतिष्पधीको हैसियत भनेको माग्ने हो र महरा र मेरो हैसियत बजेट विनियोजन गर्ने हो । भन्नुस माग्नेले धेरै गर्लान कि विनियोजन गर्नेले ?’ पक्का पनि महराको विजयले दाङको विकास र समृद्धिमा फडको मार्ने छ भने सुशासन र जीवनस्तरवृद्धि हुने छ ।

राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिमा महरा र विकास 

Krishna-Bahadur-Mahara-and-Wang-Yi

महराले राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिमा सधैँ पुलको काम गरिरहनुभएको हामीले देखेका छौं  । नेपाली काङग्रेस होस् वा एमाले माओवादीसँग दूरी बढेका बेला सधैँ महराले जोडने काम गरिरहनुभएको छ । आफ्ना दलका नेता कार्यकर्तासँग मात्र हैन अन्य दलका नेता कार्यकर्तासँग पनि महराको उतिकै उठवस रहेको छ । यसैगरी माओवादीसँग कुनै राजनीतिक र अन्य विषयमा छलफल गर्नु प¥यो भने अन्य दलका शिर्ष नेताहरुसँग पनि पहिला महरा नै पुग्नुहुन्छ । यसैगरी अन्तराष्ट्रिय राजनीतिमा महराको उत्तिकै सम्पर्क र सम्बन्ध रहेको छ । छिमेकी देशहरु भरत र चीनसँग महराको सम्पर्क र सम्बन्ध विशेष रहेको छ भने परराष्ट्र मन्त्री पनि भइसकेका महराको अन्तराष्ट्रिय राजनीतिमा पनि उत्तिकै सम्बन्ध र सम्पर्क रहेको छ ।

mahara1

जहाँसम्म विकासको कुरा छ अल्पविकासित देशमा अन्तराष्ट्रिय लगानी नभित्र्याइकन, राष्ट्रिय पँुजीको संरक्षण नगरिकन विकास गर्न सकिदैन भन्ने कुरा अर्थमन्त्री समेत भइसकेका महरालाई राम्रै ज्ञान छ । तसर्थ राष्ट्रिय राजनीति र अन्तराष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने महराले राष्ट्रि पुँजी वितरण गर्दा होस वा अन्तराष्ट्रिय लगानी भित्र्याउँदा दाङले यसको ठूलो हिस्सा प्राप्त गर्ने छ । बुढापाकाहरुको एउटा उखान छ–‘जसले मह काड्छ उसले हात चाट्छ ।’ प्रदेशको राजधानी दाङ हुनुका साथै यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी भित्रिने र यहाँको विकास र समृद्धिको ढोका खोल्नका लागि, दाङवासीको भाग्य र भविश्य परिवर्तनकर्ताका रुपमा उहाँलाई सवैले पाउने छन ।

वौद्धिक, सालिन र शान्तिका दूत महरा
कष्ण बहादुर महरा सालिन र बुद्धिजीवि नेताका रुपमा चिनिनुहुन्छ । विज्ञान विषयका विद्यार्थी महराले रोल्पाको लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषय पढाउनुभएको थियो । यसैगरी अध्यन, लेखन, राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीतिक विषयमा उहाँको विषेश दख्खल रहेको छ । जसका कारण उहाँले जति मन्त्रालय सम्हाल्नु भयो सवैमा सफल नै हुनुभयो ।

महरा २०५८ सालमा तत्कालिन सरकारसँगको पहिलो वार्ता टोली संयोजक, २०६० को दोश्रो वार्ता टोली सदस्य तथा प्रवक्ता, २०६३ को अन्तिम तेश्रो वार्ता टोलीको संयोजक भई नेपालमा द्धन्द्धको अन्त्य गर्ने र शान्तिका दूतको रुपमा आफ्नो भूमिका निर्वाह गर्न सफल हुनुभएको छ ।

राष्ट्रिय विकासमा महराको भूमिका 
महरा सूचना तथा सञ्चारमन्त्री हुदा उहाँले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकाक्षी नारा छोटै समयमा स्थापित भयो । योसँगै उहाँले सूचनाको हकसम्बन्धी ऐन, पत्रकार विमा, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

पूर्वउपप्रधान तथा अर्थमंत्री हुँदा उहाँले आफनो कार्यकालमा ०.६ प्रतिशत को अर्थिक वृद्धिदरलाई ७.२ प्रतिशतमा वृद्धि गरी नेपालको इतिहांसमा सफल अर्थ मन्त्री हुन पुग्नुभयो । यसरी हेर्दा राष्ट्रिय विकासमा पनि महराको महत्वपूर्ण भूमिका रहेको छ ।

krishna bdr mahara 960

राजधानी र समृद्ध दाङका लागि महरा 

महराको भनाई छ – ‘दाङको राजधानी र समृद्धीका लागि मेरो उम्मेद्वारी हो ।’ दाङ उपत्यका एशियाकै दोस्रो ठूलो उपत्यका हो । नेपालको सबैभन्दा ठूलो उपत्यका हो । भूगोलले दाङलाई निकै साथ दिएको छ ।

दोस्रो, कुरा वातावरणीय हिसाबले निकै राम्रो छ । यो विशुद्ध तराई होइन । यो पूरै पहाड पनि होइन । यहाँको समुदाय असाध्यै सहमतिपूर्ण तरिकाले अघि बढ्न सक्ने सम्भावना छ ।

तेस्रो, कुरा यहाँबाट पश्चिम नेपालका ६ नं र ७ नं प्रदेशका प्रमुख शहरहरु जोडिदैछन् । यहाँ अन्तर्राष्ट्रिय विमानस्थलको राम्रो सम्भावना रहेको छ । दाङ लुम्बिनीको बैकल्पिक बासस्थान बन्न सक्छ । लुम्बिनी सीमा क्षेत्रमा छ । त्यहाँ निकै गर्मी हुन्छ । त्यहाँबाट बस्नको लागि पर्यटकहरुलाई यहाँ ल्याउन सकिन्छ । यहाँ पनि केही पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ ।

mahara-rolpa

यही बाटो भएर प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी जान सकिन्छ । जलजला, छायाक्षेत्र र कर्णालीको रारालाई दाङसँग जोड्न सकिन्छ । यी सबै क्षेत्रलाई हामीले जोडेर यसलाई केन्द्रविन्दु बनाउनु पर्छ । यसको आधारमा दाङ यस क्षेत्रकै आर्थिक हव बन्न सक्छ ।

दाङमा प्रशस्त कृषियोग्य जमिन छ । यहाँको जनसंख्याको ठूलो हिस्सा कृषि व्यवसायमा छ । हामीले सिचाइको उचित व्यवस्था गर्न सक्ने हो भने कृषि उत्पादनमा उल्लेख्य बढ्न जान्छ । यी कारणले समृद्ध दाङ सम्भव छ । पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने सम्भावना बढेको छ । मैले त्यसका लागि मेरो तर्फबाट पहल गरिरहेको छु र आगामी दिनमा पनि पहल गर्नेछु भन्ने महराको यसपटकको प्रतिवद्धता छ ।

krishna-bdr-mahara

माओवादी राजनीतिमा महरा 
२०४८ सालको आम निर्वाचनबाट रोल्पा २, र संविधानसभा निर्वाचनमा रोल्पा १ बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र एमाओवादीका नेता हुनुहुन्छ । २०३५/०३६ सालमा विद्यार्थी राजनीतिवाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका महरा शिक्षक, जिल्ला पार्टीको नेतृत्व सम्हाल्दै केन्द्रिय महासचिव सम्म बन्नुभयो । महराका दुई छोरा निर्मल महरा र राहुल महरा पनि पार्टी संगठनमै त्रियाशील छन् भने छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन् । कतिपय नेताका छोराछोरी पढाइमा ब्यस्त रहँदा महराले भने आफू भूमिगत भएपछि आफ्ना श्रीमति र छोराछोरीलाई युद्धमै होम्नु भएको थियो ।