भरतपुर, ५ मंसिर । चितवनको भरतपुरमा वाम गठबन्धनको चुनावी सभा सुरु भएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजित सभामा दशौ हजारको उपस्थिति छ ।

pk.jpg,

सभालाई नेकपा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, माओवादी नेता रामबहादुर थापा, मातृका यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले सभालाई नेता माधव नेपालले सम्बोधन गरिरहेका छन ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको आकस्मिक निधन भएका कारण अध्यक्ष प्रचण्डले भने सभालाई सम्बोधन गर्ने छैनन ।