इन्द्रेणी संवाददाता
दाङ, ४ मंसिर । सरकारले आफ्ना कार्यकर्तामाथि दमन गर्दै गिरफतार गरेको भन्दै उनीहरुलाई विनासर्त रिहाईको माग गर्दै विप्लव माओवादीले यही मंसिर ६ गते दाङ बन्दको आह्वान गरेको छ ।

Biplabनेपाल कम्युष्टि पार्टीका दाङ जिल्ला सेक्रेटरी सविन पोख्रेलले आज सोमवार एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका छन् । विज्ञप्तिमा प्रहरी प्रशासनले आफ्ना कार्यकर्ताहरुको घरमा गुण्डागद्री शैलीमा छापामार्ने, कार्यकर्तामाथि हातपात गर्ने, गिरफितार गर्ने जस्ता कार्य गर्ने गरेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गरी पक्राउ गरिएका कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरिएको छ ।

press