इन्द्रेणी संवाददाता
दाङ, ४ मंसिर । प्रभु बैंक दाङ शाखाको आर्थिक सहयोगमा दाङको घोराही–लमही सडकखण्डको मोडहरुमा अन्भेक्स ऐना राखिएको छ । जिल्ला ट्राफिक कार्यालयले बैंकको आर्थिक सहयोगमा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सो सडकखण्डका सात वटा घुम्तिमा ऐना राखिएको बताएको छ ।

3‘घुम्तिहरुमा गाडीहरुले अर्काे तर्फबाट आइरहेका गाडीहरुलाई सजिलै ऐनाको माध्यमबाट सुजिलै देख्न सकुन र दुर्घटना हुनबाट बचुन भनेर यो राखिएको हो’, जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख ओमप्रकाश वाग्लेले भने ।

यी घुम्तिहरुमा धेरै सवारीका साधन दुर्घटना हुने गरेको छ । ओरालो उकालो रहेको र घुम्तिहरुमा पनि जोखिम भएकाले यी मोडहरुमा सडक दुर्घटना धेरै हुने गरेको उनले बताए ।

ऐनाहरु घुम्तिहरुमा राखिएको छ भने ती ऐनाहरुमा अर्काे तर्फबाट आएका सवारीका साधनहरु स्पष्ट देख्न सकिन्छ । यसले दुर्घटना न्यूनिकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।