इन्द्रेणी संवाददाता
दाङ, ४ मंसिर । दाङमा गाडी दुर्घटनामा ३० जना घाइते भएका छन् । मुसुरियामा रोकी राखेको गाडीमा गुडिरहेको ना ५ ख ९८० नम्बरको गाडी ठोकीएको हो ।

accdentगाडी ठोकिएपछि ३० जना घाइते भएको भालुवाङ प्रहरीले जनाएको छ । घाइते मध्यका गाडी चालक प्रभुदयाल चौधरीको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको लमहीमा सामान्य उपचारपछि कोहलपुरमा रिफर गरिएको भालुवाङ प्रहरीले जनाएको छ । दुर्घटना गएराति भएको हो ।