काठमाडौँ, ४ मंसिर। आइतबार बिहान निधन भएका प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । साँझ ५ बजे माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रकाशका पिता पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा दागबत्ति दिए ।

parkashaहजारौं शुभचिन्तकहरुको उपस्थिति रहेको पशुपति आर्यघाटमा शोकाकुल प्रचण्डलाई भेटन् र प्रकाश दाहालको अन्तिम बिदाईका लागि सकारका मन्त्रीहरु तथा विभिन्न दलका शीर्ष नेताहरुको उपस्थित भएका थिए ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण, मसालमा महामन्त्री मोहनविक्रम सिंह, सरकारका मन्त्री तथा प्रचण्डका चुनावी प्रतिस्पर्धी बिक्रम पाण्डे, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, विभिन्न सुरक्षा निकायका अधिकारीहरु, कलाकारहरु, माओवादी केन्द्रका अधिकांश नेताहरु, उद्योगी ब्यवसायी तथा शुभचिन्तकहरु लगायतले पशुपति आर्यघाटमा पुगेर अन्तिम श्रद्धाञ्जली दिनुका साथै शोकमा डुबेको परिवार जनमा समवेदना प्रकट गरेका थिए ।

prakash_dahal_pashupati_aryaghat_21_qGR7nD7jgFपेरिशडाँडाका साँढे २ घण्टा
काठमाडौंको नर्भिक अस्पतालबाट दिँउसो १ बजे उनको पार्थिव शरीर पार्टीका केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि ल्याइएको थियो । पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशलाई श्रद्धाञ्जली अपर्ण गर्न उपराष्ट्रपति देखि हजारौं शुभचिन्तकको भीड लागेको थियो । रातो पाटीबाट

IMG_0928

IMG_1016

IMG_0967