दाङ, २ असार
सामुदायिक प्रहरी सेवा केन्द्र दाङले विद्यार्थीहरुलाइ लागुऔषध दुर्वसनविरुद्धको सचेतना र ट्राफिक सचेतनाका वारेमा प्रशिक्षण दिएको छ । एचिभर्स इनिस्टिच्युट घोराहीका युवा विद्यार्थीहरुलाइ आज लागुऔषध दुर्वसनविरुद्धको सचेतना र ट्राफिक सचेतनाका वारेमा प्रशिशण दिइएको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष विष्णु पुनको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसी प्रकाशराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका सहभागीहरुले विद्यार्थीहरुमार्फत समाजमा दुव्र्सन र ट्राफिक नियमवारे सवैलाइ जानकारी गराउन सकिने वताएका छन ।
सचेतना कार्यक्रममा सहभागी १ सय जना विद्यार्थीहरुलाइ लागुऔषध दुर्वसनविरुद्धको प्रशिक्षण वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्य वहादुर थापा र ट्राफिक सचेतनाका वारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख अरुणकुमार सिंहले प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा प्रशिक्षार्थी विक्रम खनाल र पुजा पुनले आफ्नो भनाइ राख्नु भएको थियो । सामुदायिक प्रहरी सेवा केन्द्र दाङका कोषाध्यक्ष कैलाश रोकाको स्वागतवाट सुरु भएको कार्यक्रमको सहजकिरण सचिव आर के शितलले गर्नुभएको थियो । साथै एचिभर्स इनिस्टिच्युटका प्रशान्त वलीले सहभागीहरुलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।।
