रेखा मगर
दाङ, २ असार
दाङमा भएका छुट्टाछुटै सवारी दुर्घटनामा परी ३४ जना घाइते भएका छन । आज विहान तुलसीपुर ६ रजौराको लक्ष्मीनाराण मन्दिर नजिकै भएको यात्रुवासह वस दुर्घटनामा घाइते १९ जना जना घाइते भएका छन । घाइतेमध्य २ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
सितलपुरवाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ४९४ नम्वरको वसले विपरित दिशावाट आउँदै गरेको जिपलाई साईड दिने क्रममा बस दुर्घटनामा परेको हो । यसैगरी आज दाङको पन्चकुलेमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पन्चकुलेवाट तुलसीपुर तर्फ आँउदै गरेको रा १ ज ५३६ नं जीप पञ्चकुले २ चिसापानीमा अनियन्त्रित भइ पल्टिदा घाइते भएका १३ जनामध्य ७ जनाको अवस्था गम्भिर रहेको दाङका प्रहरी प्रवक्ता प्रकाशराज शर्माले जानकारी दिनुभयो । घाइतेहरुको अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै देखउरीको सतवरियामा साइकल यात्रीलाइ ट्याक्टरले ठक्कर दिदा २ जना घाइते भएका छन । लु २ त २२६८ नं को ट्याक्टरको ठक्करवाट सतवरिया २ निमुखुटटीका १० वर्षिय शिलत गिरी र ७ वर्षिय पुजा गिरी घाइते भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उनीहरुको लमहीमा उपचार भइरहेको छ ।।