इन्द्रेणी संवाददाता
दाङ, २ असार
दाङमा आज भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन ।

busतुलसीपुर ६ रजौराको लक्ष्मीनाराण मन्दिर नजिकै भएको वस दुर्घटनामा घाइते १८ जनामध्य तीन जना महिला अचेत अवस्थामा रहेका छन ।

अचेत रहेकाहरु मध्ये तुलसीपुर १९ उरहरी निवासी ३५ वर्षीया मालता रावत, तुलसीुर १८ की ४२ वर्षीया लक्ष्मी परियार र तुलसीपुर ४ निवासी ४० बर्षीया लिला भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

केहि घाइतेहरुको खुट्टा, हातमा चोट लागेको छ भने केहि सामान्य घाइते भएको प्रहरीले वताएको छ । घाइतेहरुको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सितलपुरवाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ४९४ नम्वरको वस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।।