इन्द्रेणी संवाददाता
सल्यान, २ असार
सल्यानको दमाचौर गाविसमा एक हप्ते गाविस सरसफाई तथा झिंगा नियन्त्रण अभियान असार ४ गतेदेखि शुरु हुने भएको छ । वर्षातको समयमा विभिन्न सरुवा रोगहरुको संक्रमणबाट जोगिनका लागि दमाचौर स्वास्थ्य केन्द्रको अगुवाइमा सरसफाई अभियान शुरु गरिने भएको हो ।
दमाचौर गाविस भित्रका सबै वडाहरुलाई स्वच्छ तथा सफा राख्नका लागि एक हप्ते सरसफाई अभियान शुरु गरिने दमाचौर स्वास्थ्य चौकी प्रमुख चित्र वलीले जानकारी दिनुभयो । यस अभियानअन्तर्गत घरवरिपरी सरसफाई तथा झिंगा नियन्त्रण गरिने उहाँले बताउनु भयो ।
यसैबीच गाविस भित्रका सवै घरहरुमा एक हप्तासम्म झिंगा नियन्त्रणका लागि विषादी वितरण गरिएको छ । महिला स्वयमसेविकाहरुको प्रत्यक्ष निगारानीमा झिंगा नियन्त्रण अभियान सञ्चालन गरिने बताईएको छ ।।