इन्द्रेणी संवाददाता
दाङ, २२ कार्तिक । केही मिडियाहरुमा माओवादी केन्द्रका नेता वर्षमान पुन र कृष्णबहादुर महराबीच द्वन्द्ध भएको प्रचारबाजी भएकोमा दुबै नेताले खण्डन गरेका छन् ।

krishna-mahara_MCe90aMNQfनेता महराले यो बामपन्थीहरुको मेलमिलाप देख्न नसक्नेहरुले फैलाएको हल्ला भएको टिप्पनी गरेका छन् । ‘केही मिडियाले वर्षमान जी र म बीच अन्तरद्धन्द्ध भएको प्रचारबाजी गरेका छन् तर त्यो अत्यन्त कपोकल्पित र भ्रमात्मक हो’, महराले भने, ‘अझ यसो भनौं कि पार्टीभित्रको आपसी मेलमिलाप तथा समग्र बामपन्थी मिलेर वसेको देख्न नचाहानेहरुको हल्ला मात्रै हो ।’

केही मिडियाहरुले आफू र वर्षमानको द्धन्द्धका कारण रोल्पाबाट दाङबाट चुनावी टिकट लिएको भन्ने प्रचार गरिरहेको भन्दै आफू आफूखुसी दाङ क्षेत्र नं. २ बाट वाम गठबन्धनको सहमतिमा यहाँबाट उम्मेदवारी दिएको महराले बताए । पुर्खेउली घर रोल्पा भए पनि आफू एक प्रकारले दाङवासी पनि भएको बताउदै नेता महराले यो पटकको प्रतिनिधि सभाका लागि आफू दाङलाई केन्द्रविन्दु बनाएर राजनीति गरिरहेको र सोही अनुसार दाङबाट उम्मेदवारी दिएको दावी गरे ।

दाङको विकासको सन्दर्भलाई जोड्दै उनले दाङलाइ केन्द्रविन्दु बनाएर दाङदेखि ढोरपाटन र दाङदेखि रारा जोडेर पर्यटनको माध्यामबाट पाँच नम्बर प्रदेशलाई समृद्ध बनाउने आफ्नो मुद्यय कार्यभार भएको बताए ।

barsaman-punउता नेता वर्षमान पुनले पनि महरा र आफूबीच कुनै द्धन्द्ध नभएको खण्डन गरेका छन् । नेता महरा आफ्ना शैक्षिक गुरु र राजनीतिक गुरुसमेत भएको बताउदै पुनले केही मिडियाहरुको प्रचार मिलेर वसेका नेताहरुबीच द्धन्द्ध गराउने सडयान्त्र भएको बताए । उनले सो भ्रममा नलाग्न समेत सबैलाई अनुरोध गरे ।