भैरहवा २० कार्तिक । गौतमबुद्ध विमानस्थल भैरहवामा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ । जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् ।