देउखुरी, २० कात्तिक । देउखुरीमा संयुक्त वाम गठवन्धन निर्वाचन परिचालन कमिटिले वाम सहकार्य र आसन्न निर्वाचनको विषयमा संयुक्त भेला लमहीमा आयोजना गर्ने भएको छ ।
मंगलवार लमहीको सत्यसाई चलचित्र मन्दिरमा संयुक्त भेलाको आयोजना गरिएको र सो भेलालाई नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरा र नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेल लगाएतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम राखीएको छ ।
संयुक्त निर्वाचन परिचालन कमिटि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का संयोजक शुरामणी वेल्वासे र सहसंयोजक नारायणी शर्माले संयुक्त विज्ञप्ती जारी गर्दै भेलामा सहभागी हुन दवै पार्टिका नेता कार्यकर्ताहरुलाई अपील गर्नु भएको छ ।
जिम्मेवारी तोकीयो
आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका साझा उम्मेदवारहरुलाई विजय वनाउन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरमा आस्था राख्ने पत्रकारहरुको देउखुरी क्षेत्रको संयुक्त वैठक लमहीमा वसेको छ । वैठकले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई विजय वनाउन प्रचार प्रसारको माध्यमवाट सहयोग पु¥याउन जिम्मेवारी तोकेको छ ।
प्रतिनिधि सभा निर्वाचनमा प्रचार प्रसारमा सहयोग पु¥याउन शिवराज पन्थि र पुरण चौधरी, प्रदेश सभा(क)मा दिवाकर पोख्रेल, राजेश्वर चौधरी र चन्द्र खनाल, प्रदेश सभा(ख)मा दशरथ घिमिरे र उत्तम अधिकारीलाई जिम्मेवारी तोकीएको छ । क्षेत्र नं. १ का संचार संयोजक संयोजक भुपेन्द्र वली र सहसंयोजक दशरथ घिमिरेको विशेष उपस्थितीमा वसेको वैठकले जिम्मेवारी तोकेको हो । साथै वैठकले क्षेत्र नं. १ का वाम गठवन्धनका साझा उम्मेदवारहरु संग वुधवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।।











