दाङ, २० कार्तिक । बाम गठबन्धन दाङ क्षेत्र नम्बर २ ले हजार १ सय ५५ सस्यीय क्षेत्रीय निर्वाचन प्रचारप्रसार गठन गठन गरेको छ । संयुक्त निर्वाचन परिचालन समिति दाङ क्षेत्र नम्बर २ को आइतवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरको हो ।

shankar-pokhrel-and-krishana-bahadur-mahara-1-660x330यो समितिमा क्षेत्रअन्तर्गत रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य, क्षेत्रीय समिति, नगर÷गाउँ समिति, वडाका पदाधिकारी तथा जबस मोर्चाका जिल्ला सदस्य क्षेत्रीय समिति, नगर÷गाउँ समिति, वडाका पदाधिकारी रहनेछन् ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र रहेका दुई वटा प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा लक्ष्मण आचार्य संयोजक र सुवास पुन सहसंयोजक रहनुभएको छ भने प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा अमर खड्का संयोजक र तुलसी डाँगी सहसंयोजक रहनुभएको छ ।
बैठकले कार्तिक २२ गते घोराहीको गणेश चलचित्र हलमा संयुक्त कार्यकर्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ । प्रशिक्षणलाई प्रतिनिनिसभा क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णबहादुर महरा र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार शंकर पोख्रेलले सम्वोधन गर्नुहुने छ ।

त्यस्तै पहिलो चरणमा गरिने चुनावी सभाका कार्यक्रम पनि बैठकले तय गरेको छ । कार्तिक २४ गतेदेखि शुरु हुने पहिलो चरणको कार्यक्रम कार्तिक मसान्तसम्म चल्ने संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ का संयोजक हेमराज शर्मा ‘डायमण्ड’ले जानकारी दिनुभयो ।

जसअनुसार क्षेत्र नम्बर २–१ अन्तर्गत बोझपोखरा, कमिरेचौर, मुर्कुटी, मूलावारी, जबरकोट, सुनपुर, बडहरा, धनिबगिया, गिठेपानी र सैघामा सभा हुनेछन् । त्यस्तै क्षेत्र नम्बर २–२ अन्तर्गत फचकपुर, शुक्रवार, मर्फा, एकलघरुवा, शिवपुर, बिजौरीडाँडा, नारायणपुर, दूरसञ्चार, सानीअम्बापुर, मानपुर, दूधराश, कुटीचौर र बिजौरी बजारमा सभा हुनेछन् । सभालाई तीनैजना उम्मेदवार कृष्णबहादुर महरा, शंकर पोख्रेल र अमर डाँडीले सम्वोधन गर्नुहुनेछ ।