इन्द्रेणी संवाददाता 

दाङ १६ कार्तिक । दोश्रो चरणमा हुने आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको लागि प्रतिनिधि सभा अन्तर्गत दाङ क्षेत्र नं २ को चुनावी सभा लाई माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेकपा एमालेका प्रभावशाली नेता तथा पुर्व मन्त्री शंकर पोख्रेलले संयुक्त रुपमा संवोधन गर्ने भएका छन् ।

shankar-pokhrel-and-krishana-bahadur-mahara-1-660x330दोश्रो चरणको निर्वाचनको उम्मेद्वारी दर्ता गर्ने दिन आज दाङमा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा र्याली जुलुस र चुनावी सभा गर्ने भएका छन् । बिहान ठिक ११ बजे दाङको ट्राफिक चोकबाट सुरु हुने झाँकी सहितको जुलुसले बजार परिक्रमा गरि सहिद गेटमा हुने बृहत चुनावी सभालाई दुवै नेताले सम्बोधन गर्ने माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले बताउनुभयो ।