इन्द्रेणी संवाददाता
दाङ १६ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता आज बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको सबै तयारी सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरूबाट र स्वतन्त्र उम्मेदवार हुन चाहनेलाई शान्तिपूर्ण एवं उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गर्न आहवान गरेका छन् ।
आयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी मनोनयनका लागि उच्च सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको बताए ।











