दीपबहादुर घर्ती
जाजरकोट, १ असार ।
गरिवी निवारण कोषद्धारा सञ्चालित खगेनकोट ९ दर्गासमा बहुँ उदेश्य सिंचाई आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । सामुदायिक संस्था भित्रवाट गठन गरिएको निर्माण समितिले आयोजनाको निर्माण कार्य सम्पन्न गरेको हो ।
गरिवी निवारण कोषको २३ लाख ४७ हजार ८ सय ८९ रुपैया ६२ पैसा अनुदान र १२ लाख, १० हजार ५० रुपैयाको समुदायको जनश्रमदानवाट खगेनकोट ९ दर्गासको नौधारी सिंचाई आयोजनाको निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका अध्यक्ष विरेन्द्र पुनले वताए ।
प्रति घरवाट एक सय ५५ दिन सम्म श्रमदान गराएर आयोजना सम्पन्न गराएको अध्यक्ष पुनले जानकारी दिए । मुहान देखि रिर्जव टंङ्की सम्म ४ किलो मिटर आयोजनाको दुरी रहेको अध्यक्ष पुनले वताएका छन् । ५० हजार लिटरको रिर्जव टंङ्की निर्माण गरि सिंचाई आयोजना सञ्चालनमा ल्याईएको छ । रिर्जव टंङ्की वाहेक अरु ४ वटा टंङ्कीहरु निर्माण गरिएको छ ।
उक्त नौधारी सिंचाई आयोजनाले दर्गासमा रहेको दुई सय ५५ रोपनी भन्दा वढी जमिनलाई सिंचाइ गरी किसानहरुको उत्पादकत्वमा वृद्धी हुने गरिवी निवारण कोष जिल्ला संयोजक पर्यागराज आर्चायले वताए । कृषि पेशामा रहेका मान्छेले आफ्नै खेतवारीवाट उत्पादन गरेको अन्नवालीवाट वर्ष भरी घरपरिवारलाई खाना पुग्ने गराउनु, नियमित कृषि पेशामा रहेका समुदायलाई आय आर्जन गर्न सक्ने गराउनु, अन्ततː सवै कृषकलाई व्यवसायिक तथा नाफामुखी किसान वनाउनु गरिवी निवारण कोषको उदेश्य रहेको संयोजक आचार्यले वताए ।
