इन्द्रेणी संवाददाता
जाजरकोट, १ असार ।
जाजरकोटमा पसल चोरी गरि फरार रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । तिन दिन अघि जाजरकोट खलंगाका ६ ओटा पसल चोरी गरेको आरोपमा प्रहरीले कञ्चनपुर झलारी पिलाडी नगरपालिका ३ का १८ बर्षिय आशिष साउद, सोही ठाँउका १८ बर्षिय रुपेन्द्र चन्द, जाजरकोट भेरीमालिका नगरपालिका ४ का १७ बर्षिय रामु सुनार, भेरीमालिका २ का १७ बर्षिय उदिप सुनार र भेरीमालिका ११ का १४ बर्षिय लोकेन्द्र सुनारलाई पक्राउ गरेको हो ।chori

प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पसलबाट चोरी गरिएको समान समेत प्रहरीले सार्वजनिक गरेको छ । भेरीमालिका २ का मानबहादुर वली, विर्खबहादुर कार्की, जयबहादुर पुन, सिता विक र भेरीमालिका ४ का हिरण्य भण्डारी तथा रुद्र शाहको पसल गत आईतवार चोरी भएको थियो । पक्राउ परेकाहरुबाट सात हजार ९ सय ४५ रुपैया सहित विभिन्न जिन्सी सामान बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले पत्रकार सम्मलेन मार्फत जानकारी गराएका छन् ।

उनीहरुलाई भेरीमालिका नगरपालिका १ कालेगाँउबाट रुकुम तर्फ भाग्दै गरेको अवस्था पक्राउ गरिएको हो । कन्चनपुरका २ र जाजरकोटका ३ जनाको भारतका हरिद्धारमा ५ जनाको भेट भएको र उतैबाट चोरी गर्ने योजना सहित उनीहरु जाजरकोट आएको प्रहरीले जनाएको छ ।

उमेरले कमै उमेरका भएपनि यी पाँचै जना पेशेवर चोरीमा लाग्ने गरी एउटै किसिमको टाटु बनाएको, तिन चार बर्ष अघि देखि नै चोरी कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट देखिन्छ प्रहरी प्रमुख मल्लले भने–“यीनीहरुले साना साना पसल चोर्ने, दिउसो जंगलमा सुत्ने, राती चोरी गर्ने गरेको पाईयो ।” उनीहरु सवैलाई प्रहरीले चोरी मुद्धा लगाउने तयारी गरेको छ । उनीहरुले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।।