तुुलसीपुर, १० कात्तिक। युवा वुद्धिजिवी एवम् राप्ती ववई वहुमुखि क्याम्पस तुलसीपुरका सहायक क्याम्पस प्रमुख जिवराज खरेलको स्मृतिमा फलफुल वितरण गरिएको छ । तुलसीपुरमा रहेको राप्ती अन्चल अस्पतालका ७० वढि विरामीहरुलाई अस्पतालमै पुगेर मृतकका छोरा राजिव खरेलले फलफुुल वितरण गरेका हुन् ।

22688724_530707377273184_1478580483693732169_nशिक्षासँगै विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको खरेलको सामाजिक कार्यको सम्मान गर्दै फलफुुल वितरण गरिएको थियो । तुुलसीपुर क्षेत्रमा लोकप्रिय रहेका खरेलको ३८ वर्षको उमेरमा कात्तिक ६ गते निधन भएको थियो ।