हापुरे, १ असार । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले पश्चिम दाङबाट थप सेवा सुरु गरेको छ । यस अघि पुरन्धारा हंशपुर हुदै काठमाडौल र तुलसीपुर हापुरे हुदै सुर्खेतसम्म बस सञ्चालन गर्दै आएको छ । अब समितिले पुरन्धारा हंशपुर बगाले हुदै नेपालगञ्जसम्म सेवा सुरु गरेको छ । यसैबिच हापुरे उद्योग वाणिज्य संघले थप सुरु गरेकोमा राप्ती अञ्चल सार्वजनिक यातायात समितिलाई धन्यवाद ज्ञापन गरेको छ । समितिका अध्यक्ष ज्ञानप्रसाद आइतबारेले एक विज्ञप्ति मार्फत पश्चिम क्षेत्रको यातायात क्षेत्रलाई सहज बनाउन अग्रसर रहेको भन्दै थप सेवा सञ्चालन गर्न समेत आग्रह गर्नुभएको छ ।
उता तुलसीपुर ट्याक्सी तथा मिनी माइक्रो व्यवसायी समितिले हापुरे तुलसीपुरको भाडाँदर समायोज नगरेको भन्दै हापुरे उद्योग वाणिज्य संघले विरोध जनाएको छ । समितिका अध्यक्ष ज्ञानप्रसाद आइतबारेले एक विज्ञप्ति मार्फत २२ किलोमिटरको भाडा दर एक सय लिने गरेको भन्दै विरोध जनाउनुभएको छ । २२ किलोमिटरमा कतिपय स्थानमा ओटासिल गरिएको छ तर पनि हापुरेदेखि तुलसीपुरसम्म जादाँ यात्रुहरुलाई भाडामा ब्रह्मलुट मच्चाएको बताइएको छ । पटक पटक जिल्ला प्रशासन कार्यालय र समितिलाई जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको विज्ञप्तिमा जनाइएको छ ।