काठमाडौ ४ कार्तिक । सत्ता तथा कुर्सी लिप्साको आरोप लागेका बर्तमान उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताएका छन् ।
सदैव कुर्सीको पछाडि दौडिने सत्तालिप्सा नेताको आरोप लागेका गच्छदार कांग्रेसमा प्रवेश गरेपछि दोश्रो बरियता अर्थात उपसभापति खोजेपछी देउवालाई सबैको चित्त बुझाउन सकस परेको छ । पछिल्लो पटक एक सार्वजनिक कार्यक्रममा गच्छदारले पार्टी एकीकरणका क्रममा कांग्रेससँग आफूलाई उपसभापति पद दिने समझदारी भएको जिकिर समेत गरे ।
उनले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफू सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताए ।