इन्द्रेणी संवाददाता

दाङ ३० असोज । दाङमा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । दाङ  देउखुरीकाे टिकुलिगढमा माेटरसाईकललाई पिकप भ्यानले ठक्कर दिदा मोटरसाइकलमा सवार घोराही १५ निवासी २२ बर्षका अनुप घर्तीमगरको मृत्यु भएको हो ।

20171016_222112

तस्वीर : दशरथ घिमिरेको फेसबुकबाट ।

भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा टाउकोमा गहिराे चाेट लागी घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।