दाङ ३० असोज । जिल्लाको समग्र विकासको लागि विज्ञसहितको ‘दाङ विकास परिषद’ गठन गरिने भएको छ । सो विकास परिषदमाजिल्ला समन्वय समितिकाप्रमुख संयोजक र उपप्रमुख सहसंयोजक र अन्यविभिन्न क्षेत्रका विज्ञहरु रहने भएका छन् । परिषदलेजिल्लाको सम्रगअध्ययन गरेर त्यो अनुसार विकासको खाका समेत तयार पार्ने समितिका संयोजकजितेन्द्रमान नेपालीले वताए ।
आइतवारअवेरसम्म बसेको जिल्ला समन्वय समितिको बैठकले विज्ञे सहितको विकास परिषदबनाउने निर्णय गरेको हो । त्यसैगरेर बैठकले घोराही क्षेत्रमा भैराखेको सडक निर्माणको कामको प्रगतिको बारेमासडक डिभिजन कार्यालयसँगजानकारी लिने निर्णय गरेको छ । लामोसयमदेखि निर्माणधिन कामको गति सुस्त छ भने नागरिकहरु धुलो धुवाले हैरानीभएका छन् ।
त्यसैगरेर बैठकमा घोराही र सोनापुर सिमेण्ट उद्योगले वातावरण क्षेत्रमापारेको प्रभावको बारेमा छलफल गर्दै मन्त्रालय र उद्योगविचभएको सम्झौताको बारेमाजानकारी लिने निर्णय गरेको छ । त्यसैगरेर बैठकले क्रसर उद्योग र इटटा उद्योगको सञ्चालन र वातावरण प्रभावको बारेमापनिअनुगमन र प्रतिवेदनतयार गर्ने र त्यसको लागिजिल्ला समन्वय समितिकाप्रमुखको संयोजकत्वमाजिल्लाप्रशासन, जिल्लाप्रहरी, घरेलु तथा सानाउद्योग शाखालगायतका सदस्य रहेको अनुगमन समितिपनि गठन गरेको छ ।
बैठकले चालु आर्थिक वर्षको लागिजिल्लामा सञ्चालनहुन गैराखेकानिर्वाचन क्षेत्र विकास र पुर्वाधार विकासका योजनाको बारेमापनिजानकारी लिएको थियो । चालु आर्थिक वर्षमाजिल्लाप्राविधिककार्यालयमार्फत योजना सम्झौताको काम भैराखेको छ । त्यसैगरेर बैठकले जिल्ला समन्वय समितिकाप्रमुखको संयोजकत्वमा संस्कृति संरक्षण तथापर्यटन प्रवद्र्धन समितिगठन गरेको छ । बैठकले जिल्ला समन्वय समितिकाप्रमुखजितेन्द्रमान नेपालीको संचार संयोजकमापत्रकार इन्द्र डिसीलाई नियुक्तगर्ने निर्णय गरेको छ । बैठकजिल्ला समन्वय समितिकाप्रमुख नेपालीको अध्यक्षतामा बसेको थियो ।
.