काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अाफूले मन्त्रालय छाडेको भन्ने समाचार भ्रामक भएको बताएका छन् । उपप्रधानमन्त्री महराले अाफू मन्त्रालयको नियमित काममा रहेको भन्दै भ्रममा नपर्न सबैमा अाग्रह गरेका छन् ।

Krishna-bahadur-mahara

पार्टीले अहिलेको सरकारलार्इ समर्थन गरिरहेको र मन्त्री फिर्ता बोलाउने निर्णय नगरेको भन्दै अहिले मन्त्रालय छाड्नुपर्ने कारण नरहेको उनको भनाइ थियो ।

अाइतबार स्रोतको हवला दिँदै विभिन्न अनलाइनहरूमा मन्त्री महराले मन्त्रालय छाडेको खबर सार्वजनिक भएको थियो ।