इन्द्रेणी संवाददाता
दाङ, २९ असोज । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) केन्द्रीय समितिको शनिबार पाण्डवेश्वर धाम धारापानी दाङमा बसेको केन्द्रीय समिति बैठकले विभाग गठन गरेको छ, बैठकले केन्द्रीय पदाधिकारीको संयोजनमा रहने गरि ८ विषयगत विभाग गठन गरेको हो ।
संघका बरिष्ठ उपाध्यक्ष बसन्तप्रताप सिंहको संयोजकत्वमा तालिम तथा प्रक्षिक्षण विभाग गठन गरेको छ तालिम तथा प्रशिक्षण विभाग सदस्यमा सचिव राधा नेपाली, सदस्य शिवराज ढुँगाना र दुइ जना विज्ञलाई मनोनय गरेको छ , त्यसैगरी सामाजिक समावेशी संचार विकास विभागको संयोजकमा महिला उपाध्यक्ष अमृता केसीको संयोजकत्वमा सदस्यहरु अस्मिता गिरी हरि भण्डारी र विक्रम सुनार रहेका छन्, त्यसैगरी प्रकाशन तथा प्रशारण विभागमा महासचिव केशरमान बीसीको संयोजकत्वमा सचिव दीपबहादुर घर्तीमगर र सदस्य निर्मला ठकुराठी रहेका छन् ।
त्यसैगरी कार्यक्रम परिचालन तथा निर्देशन विभागको संयोजकत्वमा उपमहासचिव मदनराज जोशी, सदस्यहरुमा सन्तोष बस्याल र रेखा मगर रहेका छन्, त्यसैगरी कानुन परामर्श तथा नीति निर्माण विभागको संयोजकमा बिष्णु शर्मा, कानुन व्यवसायी तथा विज्ञ रहने गरि सदस्यहरु तारानाथ(साहास) न्यौपाने र सपना वली रहेका छन्, त्यस्तै सम्बन्ध बिस्तार तथा समन्वय विभागको संयोजकमा सचिव ताराप्रसाद शर्मा सदस्यहरुमा इन्दिरा थारु कुवँर र टेक शाही रहेका छन्, त्यसैगरी आन्तरिक प्रशासन तथा जनशक्ति परिचालन तथा निर्देशक विभागको संयोजकमा महिला सचिव इन्द्रासरा खड्का सदस्यहरुमा रमेश रावल र देव यादव रआर्थिक विभागको संयोजकत्व कोषाध्यक्ष उदय बिसी, सदस्यहरुमा जनक विष्ट, रुवी शाइ र पदम विश्वकर्मा रहेको केन्द्रीय सचिव विष्णु शर्माले जानकारी दिए ।
संघको बैठकले माघमसान्त भित्र जिल्ला अधिवेशन र चैत्रमसान्तभित्र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने भएको छ, बैठकले जिल्ला शाखा बिस्तारलाई तिव्रता दिदै प्रत्येक जिल्लाबाट अधिकतम सात जना नयाँ सदस्यता पौष मसान्तभित्र आह्रान गर्ने भएको छ । बैठकले निर्वाचन लगत्तै काठमाण्डौमा केन्द्रीय सचिवलाय संचालनको कार्यक्रम तय गरेको छ , यसैगरि संघको केन्द्रीय सल्लाहकारमा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपूल पोख्रेल, पत्रकार महासंघका सचिव उदय जिएम, यूवा व्यवसायी द्वय खड्क बुढाथोकी र महेन्द्र बुढाथोकीलाई चयन गरेको केन्द्रीय सचिव इन्द्रसरा खड्काले जानकारी दिए । साथै संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार)को अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सरकारी तथा निजी क्षेत्रका संघ संस्था र व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेको केन्द्रीय महिला सचिव खड्काले बताए ।
