तुलसीपुर , २३ असोज  । तुलसीपुरलाई सफा र हराभरा राख्ने उद्देश्यका साथमा सञ्चालन गरिएको हाम्रो तुलसीपुर राम्रो तुलसीपुर सरसफाई अभियानको ६० औ श्रृखला तुलसीपुर वाहिनी चोकबाट हुने भएको छ ।

हरेक मंगलवार सञ्चालन हुँदै आएको अभियानले नागरिकमा सरसफाई प्रति सचेतना वढाउदै लगेका प्रमुख घनश्याम पाण्डेले वताएका छन् । विहान ७ वजेवाट आरम्भ हुने सरसफाई अभियानको नेतृत्व प्रहरी दिवसका अवसरमा ५ नम्वर प्रदेश प्रहरी कार्यालयले गर्ने सुचना अधिकारी झरेन्द्र खरेलले वताएका छन् ।

सरसफाई अभियानमा आम नागरिक, टोल विकास संस्था, प्रहरी,पत्रकार,नागरिक समाज सवैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।