तुल्सीपुर ३२ जेठ
नमुना उद्योग वाणिज्य संघको अध्ययन अबलोकन टोलीले आज तुलसीपुर उद्योग वाणिज्य संघको अबलोकन गरेको छ ।photoसल्यान, दैलेख, जुम्ला, जाजरकोट, कालीकोट र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यसमिति पदाधिकारी सहभागी संघको गतिविधिवारे जानकारी लिएको हो ।

यसैबिच तुल्सीपुर उद्योग वाणिज्य संघले अध्ययन अबलोकन टोलीलाई स्वागत तथा सम्मान गरेको छ ।
संघका अध्यक्ष बिमल रिजालको बिषय प्रवेशवाट शुरु भएको कार्यक्रममा संघका समस्या र समाधानका उपायहरुका बारेमा जानकारी लिइएको छ ।

कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष सुदन श्रेष्ठ, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष शान्ती प्रशाद शर्मा, तुल्सीपुर उद्योग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष बिर बहादुर रावत लगाएतले आ आफ्ना धारणा राख्नु भएको थीयो ।

टोलीले सल्यान, दाङ, बाके, बर्दीया, कपीलबस्तु, रुपन्देही लगाएतका पश्चिम क्षेत्रका उद्योग बाणिज्य संघहरुको अबलोकन गर्ने छ ।।