दाङ, ३२ जेठ
सामुदायिक रेडियो प्रसारक संघका लेखासमिति सदस्य तथा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष शालिकराम शर्माको १३ औं दिनको पुण्यतिथीमा आज श्रद्धान्जली सभा गरिएको छ । रक्त क्यान्सरवाट पिडित शर्माको यहि जेठ २० गते भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
१३ औं दिनको पुण्यतिथिमा सामुदायिक रेडियो प्रसारक संघ अको¥यावले आज दाङको तुलसीपुरमा श्रद्धान्जली सभा गरेको छ । सामुदायिक रेडियो प्रसारक संघका बरिष्ठ उपाध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा श्रद्धान्जली सभा गरिएको हो ।
श्रद्धान्जली सभामा सभागीहरुले शर्माले पत्रकारितावाट समाजमा अतुलनिय योगदान पु¥याएको चर्चा गरेका थिए ।
दुई दशक देखि दाङ र सल्यानमा रहेर पत्रकारिता गर्दै आउनुभएका शर्माको ५२ वर्षको उमेरमा निधन भएको थियो । सामुदायिक रेडियो प्रसारक संघका लेखासमिति सदस्य, रेडियो शारदा एफएमका अध्यक्ष, सल्यानी सन्देश राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक तथा प्रकाशक रहँदै आउनुभएको थियो ।
साथै उहाँले नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरखापत्र, रेडियो नेपाल, कान्तिपुर, दृष्टिलगायतका राष्ट्रिय एव्म स्थानीय पत्रपत्रिका काम गरिसक्नुभएको थियो । उहाँ प्रेस सेन्टर नेपालका जिल्ला सल्लाहकार र राप्ती साहित्य परिषद् सल्यानका सल्लाहकार समेत हुनुहुन्थ्यो ।।
