३२ जेठ, काठमाडौं ।
भूकम्प प्रभावितहरुको राहत वितरणमा सरकारले राजनीतिकरण गरेको निष्कर्ष निकाल्दै कांग्रेसले यसबारे संसदमा आवाज उठाउने भएको छ । भूकम्प प्रभावितहरुको मानवीय संवेदनामाथि सरकारले खेलवाड गरेको कांग्रेसको निष्कर्ष छ ।
भूकम्प प्रभावित जिल्लाका सांसद र सभापतिहरुको बसेको संयुक्त बैठकले यस विषयमा व्यवस्थापिका संसदको बैठकमा जोडदार रुपमा आवाज उठाउने निर्णय गरेको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।
व्यवस्थापिका संसदको बैठक आउँदो असार १ गते बस्दै छ । अनुदान रकम वितरण गरेर भूकम्प प्रभावितहरुलाई राहत दिन सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पूर्णरुपमा असफल भएको आरोप कांग्रेसको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको बैठकमा अधिकांश सांसद र जिल्ला सभापतिहरुले सरकारले राजनीतिक आस्थाका आधारमा भूकम्प प्रभावितहरुसँग अनुदान सम्झौता गरेको र त्यसको परिणाम प्रभावितहरुले यो वर्षा पनि अस्थायी टहरामा नै बस्नुपर्ने अवस्था निम्तिएको निश्कर्ष निकालेको छ ।।