घोराही, ३१ भदौ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानिय तहहरुले प्राथमिकताका आधारमा बिकासका एजेण्डालाई अघि सार्नुपर्ने बताउनुभएको छ । सामाजिक परिवर्तनका लागि कार्यशिल अभियान अन्तरगत शनिबार घोराहीमा भएको आह्वान कार्यक्रममा बोल्दै सचिब थपलियाले घोराही उपमहानगरपालिकाले यहाँको बस्तुस्थितीका बारेमा बिश्लेषण गरि प्राथमिकताका आधारमा बिकासमा अघि बढ्नु पर्ने बताउनुभयो । समाजले अपनत्व गर्ने गरि सामाजिक जागरण जनप्रतिनिधीहरुले ल्याउनु पर्ने भन्दै उहाँले विकासलाई मेरो हो भन्ने भावना जगाउन आग्रह गर्नुभयो ।

1234

स्थानियतह सञ्चालनका लागि कानुनहरु तयार भैनसकेको अबस्थाले पनि अलमल देखा परेको तर केही दिनमै कार्यबिधी आउने बताउनुभयो । नगरलाई कसरी संबृद्ध बनाउने भन्नेमा ध्यान केन्द्रित गर्दै सामाजिक क्षेत्रसँगको सहकार्य र अन्तर सम्बन्धका माध्यमबाट अघि बढ्न समेत सुझाब दिनुभयो । घोराही उपमहानगर, नेपाल उद्योग बाणिज्य महासंघ र योनसीडले आयोजना गरेको आह्वान कार्यक्रममा सचिब थपलियाले आर्थिक, भौतीक, पर्यटन, उद्योगको बिकासमा लगानी गर्न कन्जुस्याँई नगर्न उहाँले स्थानिय तहहरुलाई आग्रह गर्नुभयो ।

नगरको समग्र विकासको बस्तुस्थितीलाई बिश्लेषण गरि प्राथमिकताको आधारमा योजना बनाई कार्यान्वयन गर्न सुझाब दिनुभयो । टुक्रे योजनाले अब बिकासको गतिलाई अघि बढाउन नसक्ने भएको भन्दै उहाँले पहिचान र प्राथमिकताको क्षेत्रमा देखिने गरी लगानी बढाउनु अहिलेको आबस्यकता भएको बताउनुभयो । सकारात्मक सोचले मात्रै बिकास हुने भएकाले जनताको बिकास र संबृद्धीको सपना देख्न आग्रह गर्नुभएको छ । अर्को प्रसंगमा सचिब थपलियाले कर्मचारीहरुको कारणले स्थानिय तहहरु धरापमा पर्ने खतरा देखिएको समेत बताउनुभयो । दुई दशक सम्म कर्मचारीहरुले चलाएको स्थानिय निकायमा अहिले जनप्रतिनिधीहरु आउदा अलमलिने अबस्थामा कर्मचारीहरु हावी हुने देखिएको प्रति सचेत बन्न समेत सुझाब दिनुभयो । कर्मचारीहरु स्थानिय तहमा हाजिर भए पनि मन भने अझै स्थानिय तहमा नपुगेको समेत उल्लेख गर्नुभयो ।

अब काममा ठग्ने कर्मचारीहरुको भबिष्य नरहेको र वडा स्तरका सदस्यहरुले कर्मचारीहरुको काम र जिम्मेवारीलाई हेर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जनताले र संबिधानले दिएको काम कर्तव्यलाई पुरा गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो । काममा पारिदर्शिता, सेवामा प्रभाबकारीता र जिम्मेवारीमा ईमान्दारीता देखिने गरी आफुहरु खट्ने उल्लेख गर्नुभयो । कार्यक्रममा मन्त्रालयमा सुमन घिमिरेले स्थानिय तहको अधिकार र अबस्थाका बारेमा जानकारी दिनुभएको थियो भने सहजिकरण शाखा अधिकृत शुबोध रेग्मीले गर्नुभएको थियो ।