इन्द्रेणी संवाददाता
जेठ ३१ घोराही ।   दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको वेस स्टेशनमा आगजनी गरेको अभियोगमा प्रहरीले विप्लव माओवादीका पाँच कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले दाङबाट तीन र म्याग्दीबाट दुई जना जिल्लास्तरीय कार्यकर्तालाई पक्राउ गरेको हो ।  नेकपा biplabमाओबादी दाङ जिल्ला सेक्रेटरी वलबहादुर वली शितलका अनुसार प्रहरीले देउखुरीबाट यमलाल पूँजाली, पूर्ण खनाल र घोराहीबाट ज्वाला खतिवडालाई।, पूँजाली र खतिवडालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
एनसेलको टावरमा आगजनी गरिएको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरिएको भन्दै शितलले विनासर्त रिहाइको माग गरेका छन् । आफ्ना कार्यकर्तालाई प्रहरीले दुःख दिने नियत राखेको उनँले आरोप लगाए । सेक्रेटरी सितलले सोमबार दिउसो प्रेस विज्ञेप्ति जारी गर्दै विभिन्न आरोपमा आफना नेता कार्यकर्तालाइ पक्राउ गर्ने, घरघरमा पूगी मानसिक यातना दिने कार्यभईरहेको भन्दै त्यस्तो कार्यको घोर भत्र्सना गरेका छन् ।
विज्ञेप्तिमा पार्टीका जिल्ला सदस्य यामलाल पूजाली, पूर्ण खनाल र ज्वाला खतिबडालाई पक्राउ गरिएको प्रति आपति प्रकट गरिएको छ । ‘‘राजनैतिक आस्थाकै आधारमा पुर्वाग्रही ढंगबाट उहाँहरुका घर–घरमै प्रहरी पुगेर गिरफ्तार गरी हिरासतमा राखिएको छ । साथै हाम्रा पार्टी कार्यकर्ताको घरघरमा पुगेर छापा मार्ने, मानसिक कष्ट दिने काम भइरहेको छ, प्रशासनका तर्फबाट गरिएको यस्तो राज्य आतंकको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ’’ विज्ञप्तिमा उल्लेख छ । साथै तत्काल पक्राउ गरिएका कार्यकर्तालाई बिनाशर्त रिहा नगरे अझै कडा संघर्षमा उत्रिने माओबादीले चेतावनी दिएको छ ।