दाङ्ग, भदौ १७ । सर्वोत्तम बहुउद्देश्यी सहकारी संस्था लिमिटेड दाङ्गको तेस्रो बार्षिक साधारण सभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ ।

sahakariसंस्थाका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्व एंव जिल्ला बचत तथा ऋण सहकारी संस्था दाङ्गका अध्यक्ष अन्जनकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीलाई नाफामुखी भन्दा पनि सेवामुखी बनाउनु पर्नेमा जोड दिएका छन ।

सहकारीहरुले पूजी निर्माण र परिचालन दुवै कार्य गर्दै आइरहेको भन्दै बक्ताहरुले अवको अभियान उत्पादनमूलक हुनुपर्ने बताएका छन ।
संस्थाका उपाध्याक्ष शालिकराम खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष बिवेक सुनार, जिल्ला सहकारी संघका सदस्य लालबहादुर आर.सी लगायतकाले बोलको थिए । कार्यक्रमको सहजीकरण गुरुप्रसाद खनाल गोपालले रेका थिए ।