दाङ, १८ भदौ । दाङको घोराहीमा ड्याट्सन सर्भिस सेन्टर सञ्चालनमा आएको छ । राप्ती अटो टे«डिङले घोराहीको रतनपुरमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरको घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपानले उद्घाटन गरिन् ।

21192787_1463438213747499_8233321145978635860_nसर्भिस सेन्टरका सञ्चालनक दुर्गा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती अटो टे«डिङका सञ्चालक भोलानाथ योगीले सर्भिस सेन्टर अत्याधुनिक रहेको बताए ।

कार्यक्रममा हिन्दु विद्यापिठका संरक्षक चिन्तामणि योगी, घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्वउद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी, डिभिजन सहकारी कार्यालय दाङका प्रमुख बिनोदकुमार पौडेल, दाङ जिल्ला उद्योग बाणिज्य सघका सदस्य पिताम्वर शर्मा, दाङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेल, त्रिभुवन नगर जेसिजका अध्यक्ष दिपक शर्मा लगायतले आफना विचार राखेका थिए ।