तुलसीपुर, १८ भदौ । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा घरेलु हिंसा नियन्त्रण सम्बन्धी एक दिने जनचेतनामुल अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।

21192190_1634815166592604_4775136613855423099_n‘घरेलु हिंसाहामी गर्दनौ, हामी सहदैनौ’ सुखी परिवार संमृद्ध परिवार घरको गहना, घरेलु हिंसारहित समाज हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले हिंसारहित समाज निर्माण गर्नका लागि सकारात्मक सोचका साथ एकजुट हुनुपर्ने बताएका थिए ।

कार्यक्रमका तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले प्रहरी र नागरिकहरुको सहयोगले मात्र अपराध नियन्त्रण गर्न सकिने बताए ।