घोराही, १८ भदौ । चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड गोग्ली दाङशाखाले आफ्ना सदस्यको निधनपश्चात ऋण कर्जा मिनाहा गरेको छ । लिमिटेडबाट प्रवद्धित केन्द्र नम्बर ४ का सदस्य घोराही उपमहानगरपालिका– ४ गोग्लीका ऋण सदस्य सरु कुमालको संस्थाबाट लिएको ऋण मिनाहा गरेको हो ।
संस्थाले शनिवार कुमालकै घरमा पुगेर एक कार्यक्रमकाबिच कुमालको कर्जा मिनाहा गरेको हो । कार्यक्रममा कर्जा मिनाहा पत्र मृतक सरु कुमालका श्रीमान रामबहादुर कुमाललाई संस्थाका सञ्चालक जगतबहादुर पोख्रेल, घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ढुण्डीराज सार्कीले प्रदान गरेका थिए ।
संस्थाको कर्जा सुरक्षण शुल्क परिचालन कार्यविधी २०७२ नियमावलीअनुसार सुनारले संस्थाबाट लिएको ६० हजार रुपैया मिनाहा गरेको संस्थाका शीवा भण्डारीले जानकारी दिए ।
कार्यक्रममा संस्थाका सञ्चालक जगतबहादुर पोख्रेल, घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ढुण्डीराज सार्की, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शीतल, संस्थाका केन्द्र नम्बर १ का प्रमुख मोतीकुमारी पाण्डे, केन्द्र नम्बर १ का प्रमुख सीता पाण्डेयले बोलेका थिए ।
