इन्द्रेणी संवाददाता

जेष्ठ ३० आज विहान  घोराही सडक खण्डको हात्तिखौवा नजिक भएको दुर्घटनामा परि घाईते भएका मध्ये मोटरसाईकल चालक तुलसीपुर ६ मोतिपुर निवासी १९ वर्षीय विदुर भण्डारीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।index
तुलसीपुर बाट घोराही तर्फ जाँदै गरेको रा १ त १४१० नम्वरको ट्रेक्टरले विपरित दिशावाट आउँदै गरेको बा ३९ प ७२३१ नम्वरको मोटरसाईकलाई आइतवार विहान ९ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा  मोटरसाईकलमा सवार तीन जना घाईते भएका थिए भने चालक भण्डारीको अवस्था गम्भिर रहेकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि मोटरसाईकमा सवार मोतिपुर कै २२ वर्षीय निमबहादुर दमाई र २४ बर्षीय डम्मर दमाईको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । तर उनीहरुको अवस्था खतरा मुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।