दाङ, १४ भदौ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले सचेतना कार्यक्रमलाई अभियानको रुपमा जिल्लामा सञ्चालन गरिने बताएकी छिन् ।

aसामुदायिक प्रहरी सेवा केन्द्र दाङले आज बुधवार दाङ घोराहीमा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा सिंहले केन्द्रसँगको समन्वयमा लैंगिक हिंसा, ट्राफिक सचेतना, लागुऔषध दुव्यर्सन विरुद्धको सचेतना लगायत विविध विषयमा सचेतना कार्यक्रम गर्ने बताएकी हुन् ।

जिल्लामा सामुदायिक सेवा केन्द्रले समुदायमा खेलेको भूमिका पं्रशसनिय भएको र जिल्लामा अपराध नियन्त्रणका लागि सधै जनतासँग हुने भन्दै उनले सही सुचना दिएर सहयोग सबैलाई आग्रह गरिन् ।

केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका सल्लाहकार भुपेन्द्र सुवेदी, अमृत रावत, कोषाध्यक्ष कैलाश रोका मगर, सदस्यहरु दिर्घनारायण पाण्डे, बसन्ता भण्डारी, लक्ष्मी जोशी, ईन्चार्ज प्रहरी नायव निरिक्षक विनोद डिसी, प्रहरी जवान पवित्रा खड्का, लीला जिएम, पुरन चन्दलगायतले बोलेका थिए । सहसचिव कुलबहादुर घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आर.के.शीतलले गरेका थिए ।