दाङ,१३ भदौ । दलित मोर्चा प्रदेश नं. ५ को सम्मेलन भदौ २५ र २६ गते प्युठानमा हुने भएको छ । प्रदेश ५ को गत भदौ ५ गते दाङको भालुवाङमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । सम्मेलन सफल पार्नका लागि दलित मोर्चा दाङले सबैमा आग्रह गरेको छ । दलित मोर्चा दाङको सोमबार घोराहीमा बसेको बैठकले ११ जना प्रतिनिधीहरुको समेत चयन गरेको छ ।
सम्मेलनमा सहभागि हुन जाने प्रतिनिधीहरुबाट तीन हजार रुपैयाँ प्रबेश शुल्क लिने समेत निर्णय गरेको छ । त्यसका साथै यही भदौ १५ गते भित्र जिल्ला समितिलाई प्रदेश कार्यालयमा दर्ता गर्ने निर्णय समेत गरेको छ । यसका साथै प्रदेश सम्मेलन सफल पार्नका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ । खड्क बहादुर सुनार संयोजक राजेन्द्र विश्वकर्मा,कर्मलाल परियार,उसा विक रहेको प्रतिवेदन लेखन समिति, कर्मलाल परियार संयोजक आगविर विक,राधिका परियार,सोम विक सदस्य रहेको आर्थिक विभाग,शिव सुनार संयोज जनक नेपाली,मानसिङ विक,जंगविर परियार,सदस्य रहेको प्रचार प्रसार विभाग गठन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै दलित मोर्चा प्रदेश नं. ५ का ईञ्चार्ज चन्द«बहादुर विश्वकर्मा, ले समेलन सफल पार्नका लागि सबैलाई लाग्न निर्देशन दिनुभयो । त्यसका साथै उहाँले स्थानिय निकायको निर्वाचनमा आफ्नो क्षेत्रबाट भुमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्नु भएको थियो । बैठक दलित मोर्चा दाङका अध्यक्ष जगत दलामीको अध्यक्षमा बसेको थियो ।