तुलसीपुर, १३ भदौ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ सोमवार १ अरब वढीको वजेट ल्याउदै छ । पुँजिगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि रु १ अरब ८ करोड ६५ लाख ३४ हजार ५ सय ६८ र चालु खर्च अन्तर्गत तलव, भत्ता, कार्यालय सञ्चालनका लागि रु ९ करोड ८१ लाख ६१ हजार ८ सय ८२ गरेर कुल १ अरव १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रुपैयाको वजेट उपप्रमुख माया आचार्यले कार्यपालिका वैठकमा प्रस्तुत गर्नु हुनेछ ।
वजेटको पुर्व सन्ध्यामा पत्रकारहरुसँग भेटघाट गर्दै उपमहानगर प्रमुख घनश्याम पाण्डेले गत आर्थिक वर्षमा भन्दा यो वर्षको वजेट चारगुणा वढि रहेको वताउनुभयो । ‘हामीसँग अहिले गाविसहरु पनि गाँभिएक छन् त्यसले गर्दा पनि वजेटको आकार ठुलो भएको हो ’ प्रमुख पाण्डेले भन्नुभयो ।
प्रशासनिक खर्च २५ प्रतिशत भन्दा वढि राख्न सकिने प्रावधान भएपनि १० प्रतिशत भन्दा कम रहेकाले विकासतर्फ धेरै वजेट परेको पनि पाण्डेले वताउनु भयो । विनियोजन हुन लागेको वजेटमा पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइनुका साथै वाढीपिडितका समस्या दीर्घकालिन रुपमा समाधान गर्ने कार्यक्रमलाई पनि समावेश गरिएको छ ।
यसमा साथै २ वटा शववाहन र ८ वटा एम्वुलेन्स पनि यसै वर्षबाट सञ्चालन गर्ने गरि वजेटमा समावेश गरिएको उहाँले वताउनु भयो । विनियोजन हुन लागेको वजेटमा हरेक वडामा १ करोडका दरले वजेट उपलब्ध गराउने कुरा समेत उल्लेख गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । उपमहानगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा विहान ११ वजे हुने कार्यक्रममा उपस्थितिका लागि पनि सवैमा अनुरोध गर्नुभएको छ ।





