जाजरकोट, ११ भदौँ । जाजरकोटको सदरमुकाम खलंगामा शुक्रबार राति गएको पहिरोले ठाँटीबजारस्थित न्यूरोडका दुई दर्जनभन्दा बढी घर पहिरोको उच्च जोखिमा परेका छन् ।

pairoअविरल वर्षाका कारण शुक्रबार राति साँढे १० बजे तिर गएको पहिरोले ठाँटीबजारको न्यूरोडस्थित नेपाल रेडक्रस सोसाइटीको भवनदेखि थाप्लेस्थित खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय सम्मका दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका हुन् ।

जाजरकोट डोल्पा सडक खण्डको छेउमा रहेको भेरी नगरपालिका ३ ठाँटीबजार स्थित न्यूरोड बस्ती पहिरोेले २ सय मिटर लामो सडक पुर्णरुपमा भासिएपछि बग्ने खतरामा परेको छ । बस्ती बग्ने खतरामा परेपछि सयौं सर्वसाधारणहरू आतंकित भएका छन् । उक्त क्षेत्रमा स्थानीयलाई हिडडुल गर्न समेत जोखिम भएको छ ।

पहिरोका कारण केन्द्रीय विद्युत लाइन जडानका लागि गाडिएका पोल र तानिएका तारहरूसमेत बगेका छन् । नयाँ पत्रिकामा हेमन्त केसी लेख्छन्- उक्त सडक खण्डमा चालु कालोपत्रे गर्ने काम समेत रोकिने भएको छ । पुरै सडक भासिएर साइकल पनि हिड्न नमिल्ने भएको छ ।

सडक निर्माण र ढल निकासको गतिलो योजना नहुँदा सदरमुकाम खलंगाको मुख्य बजार पहिरोले बग्ने खतरा बढेको हो । दुई सय मिटर सडक भासिएर सात सय मिटर तल पुगेपछि तत्काल पहिरो रोकथामको उपायाको कुनै सम्भावना नभएको स्थानीय कमान खड्काले वताP .

पहिरोका कारण न्यूरोडबाट विभिन्न स्थानका लागि छुट्ने गाडीहरू वन्द भएर अर्को तर्फको सडक छेउमै थन्किएको र न्यूरोड क्षेत्रमा स्थानीयहरू बस्न डराएर वैकल्पिक बासको खोजी गर्न थालेको छन् ।