इन्द्रेणी संवाददाता
दाङ, १० भदौ । केही समय पहिले बाँकेको अगैयामा रुखमा झण्डीएको अवस्थामा फेला परेका नेपाल बैंक बर्दियाका प्रबन्धक प्रमोद वर्माको हत्या भएको भन्दै दाङमा युवाहरुले स्वतस्फुर्त र्याली तथा कोण सभा गरेका छन् ।

1

आज शनिबार दाङ घोराहीको तुलसीपुर चोकबाट सुरु भएको र्याली बजारका बिभिन्न स्थानको परिक्रमा गर्दै तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै मृतक बर्माकी जीवन संगिनी पार्वती बस्नेतलले आफ्ना श्रीमानको मृत्यु आत्महत्या नभएर हत्या नै भएको बताएकी छिन । श्रीमानको मृत्युको विभिन्न प्रकृती हेर्दा हत्या भएको कुरा स्वत देखिने बताउदै बस्नेतले भनिन । देशमा कानुनी राज्य छ भने मेरा श्रीमानको हत्यारालाई कडा भन्दा कडा कारबाही गरि हामीलाई न्याए देउ ।

2

यसैगरी सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनले पत्रकार महासंघ दाङ शाखाकी साधारण सदस्य पार्वती बस्नेतका श्रीमान् प्रमोद बर्माको मृत्यु हत्या नै भएको कुरा बताउदै सत्यतथ्य छानबिन गरि दोषी लाई तत्काल कडा कारबाही गर्न माग गरेका छन् ।

3

निर्दोष रहेका प्रमोदको हत्या गरि झुण्ड्याइएको यो डरलाग्दो घटनाका अपराधी लाई तत्काल हदै सम्मको कारबाहीको माग गर्दै प्रियासनले यदि सम्बन्धित पक्ष बाट कडा कारबाही नभए कडा आन्दोलनमा उत्रिने बताएका छन् ।