इन्द्रेणी संवाददाता
दाङ, १० भदौ । राजधानी र चितवनमा डेगु संक्रमित फेला परिरहेका वेला दाङमा पनि यसका विरामीहरु फेला परेका छन् । दाङको तुलसीपुरस्थित सिटी अस्पतालमा उपचारका क्रममा यस्ता विरामीहरु फेला परेका हुन् ।

20994324_1678787385489005_7562640305307740532_nउपचारका लागि भर्ना भएकामध्ये स्थानीय रेणु चौधरी र शान्तिनगरकी पुष्पा खत्री पाँच दिन पछि अवस्था सामान्य रहेको हुदा शुक्रवार डिसचार्ज गरिएको अस्पतालले बताएको छ ।

त्यसैगरी तुलसीपुर ६ निवासी राजकुमार चौधरी र तुलसीपुर ५ निवासी अनिता विकलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

विरामीहरु उपचारका लागि सिटी अस्पतालमा भर्ना भए पछि उनीहरुलाई डेगु रोग देखा परेको अस्पताल एमडी डा. सुवोधकुमार शर्माले जानकारी दिए । मौसम परिवर्तन र लामखुटृेको टोकाई तथा पानीका कारण यो रोग लाग्ने चिकित्सकहरु बताउछन् । यो रोगबाट वच्न समयमै सजक रहना चिकित्सकहरुले सुझाव छ ।