धनगढी, १० भदौ । राष्ट्रिय जनमोर्चाका ७ नम्वर प्रदेशका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार धनगढीमा आयोजित एक कार्यक्रमका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

parchandयसरी पार्टी प्रवेश गर्नेमा जिल्ला स्तरीय नेताहरु टंक सञ्याल, सुलोचना कडायत, पवित्रा सञ्ज्याल, पदम मल्ल, प्रकाश पन्त, अम्वादत्त जोशी, शंकरदत्त जोशी, गोकर्ण जोशी, डम्वरदत्त जोशी वीर बहादुर सिंह लगागतका रहेका छन्।

जनमोर्चाका नेताहरुलाई पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, लेखराज भट्ट लगायतले पार्टी प्रवेश गराएका थिए। जनमोर्चाका नेताहरुले आफूहरु संघीयता र गणतन्त्रप्रति आकर्षित भएर माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन्।