घोराही, ९ भदौँ । सहरा यातायात प्रालिले शनिबार (भोली) देखि रात्रीकालीन तथा दिवाकालीन बस सेवा दिने भएको छ ।
दाङको तुलसीपुरदेखि बुटवल हुदै नारायणगढबाट काठमाडौँसम्मका लागि भोलीदेखि रात्रीकालीन र आइतबारदेखि दिवाकालीन डिलक्स बस सेवा सञ्चालन गर्न लागेको हो ।
तत्कालका लागि शनिबारदेखि डिलक्स बस सेवा सञ्चालन गर्न लागेको प्रालिका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए । भदौँ १ गतेदेखि दाङ—काठमाडौँ बस सेवा सञ्चालन गर्ने लक्ष्य लिएको प्रालिले बाढी पहिरोका कारण केही समय ढिला गरी बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष केसीले बताए ।
कम्पनीले शौचालयसहितका बस निर्माणलाई अन्तिम चरणमा पु¥याएको भन्दै भदौ महिनाभित्र ती बसहरु सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।











