इन्द्रेणी संवाददाता 

कंचनपुर ९ भाद्र । नेपाल पर्यटन पत्रकार संघ कंचनपुरको तदर्थ समिति संयोजकमा भाग्यश्वरी शाह चयन हुनु भएको छ । कंचनपुरमा भएको पत्रकारहरुको एक भेलाले भगेश्वरी शाहको संयोजनमा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो । संयोजकमा भाग्यश्वरी शाह , सदस्यहरु निर्मला ठगुराठी, पुष्पा बोहारा , सरस्वती जिसी, हरिष भट्ट , इश्वर बडु, डिल्लीराज पन्त, जनक विष्ट र पहिलाद राना रहनु भएको छ । संघको तदर्थ समितिको आगामी बैठकले आगामी असोज ४ गते बर्दियाको ठाकूरद्धारामा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ ।

bhageshwari shaha