भबिश्वर पाण्डे
कावासोती महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरलाले अब स्थानीय तहको तेस्रो चरणको निवार्चनपछि प्रदेश नम्बर ४ र ५ मा बिभाजित नवलपरासी जिल्लालाई पनि दुई जिल्ला गराइने बताएकी छन् ।
नवलपरासीको कावासोतीमा रहेको रेडियो कावासोती उद्घाटन गदै मन्त्री कोइरलाले नवलपरासी जिल्ला बिभाजन गरेर दुई जिल्ला गराईने बताएकी हुन् ।
प्रदेश नम्बर २ मा हुने स्थानिय तहको निवार्चन पछि रुकम र नवलपरासी जिल्लालाई बिभाजन गरेर ७७ जिल्ला बनाउने मन्त्रिपरिषदले निणर्य गरी सकेको बताएकी हुन् ।