काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् ।
आज बुधवार दिल्ली इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।
प्रधानमन्त्री देउवालाइ नेपाली राजदूत दीपकुमार उपाध्याय, उपप्रमुख भरत रेग्मी लगायतले स्वागत गरेका थिए ।