जनक नेपाली
दाङ, ७ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ मजघटुवास्थित वाढीपीडित २० घरदलित परिवारलाई राहत वितरण गरिएको छ । टेवा नेपाल र दलित महिला एकता केन्द्रको संयुक्त सहकार्यमा राहत वितरण गरिएको हो ।

IMG_8888उपमहानरपालिका १३ स्थित नरबहादुर विक, जितमान विक,चन्द्रबिर विक,ईन्द्रबहादुर विक, सरिता विक,राजु विक, संजय विक,दुर्गाबहादुर विक, प्रेम विक, राजेन्द्र विक, करुणा विक, मानध्वज विक, धनबहादुर विक हरिबहादुर विक, गोर्वधन विक, सुमित्रा नेपालीलाई प्रदान गरिएको थियो ।

बाढीका कारण उनीहरु आफन्त र गाउँलेहरुको बस्दै आएका छन् । उनीहरुलाई चामल, नुन, कपडा प्रदान गरिएको थियो ।